/ Newskarobar

जावा मोटरसाइकलको आधिकारिक वितरकमा अग्नि मोटोइन्क नियुक्त

जावा मोटरसाइकलको आधिकारिक वितरकमा अग्नि मोटोइन्क नियुक्त

जावा मोटरसाइकलको आधिकारिक वितरकमा अग्नि मोटोइन्क नियुक्त

भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको विशाल प्रतिक्रिया र सफलताको आधारसहित क्लासिक लेजेन्ड्स नेपाली बजारमा आफ्नो पदचिन्ह विस्तार गर्न तयार छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरक-साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि ह्वीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो । यसको सञ्चालन सन् २०२० को अक्टोबर महिनाबाट सुरुवात हुनेछ ।


कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडेल उपलब्ध गराउने छ । यो कदमसहित क्लासिक लिजेन्डस्ले नेपालमा जावा अनुशरणकर्ताहरूका लागि आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्नेछ र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्दछ ।


यो घोषणा गर्दै क्लासिक लेजेन्ड्सका प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भारतमा नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र माग सहित सफलता हासिल गरेकाे बताए । ‘त्यस बेला हामीलाई नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने थाहा भयो । हामी नेपालमा आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ हाम्रा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दैछौं,’ उनले भने, ‘हामी देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सासहित एउटा अद्वितीय स्वामित्व अनुभवका साथ हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछौं ।’


अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउनमा ठूलो गर्व महसुस भएकाे बताए । ‘हामी हाम्रो देशका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौं । एउटा प्रमाणिक र आइकोनिक ब्रान्ड जावाप्रति म निकै आशावादी छु । यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्दछ र नयाँ जावाको पौराणिक क्लासिक अझै ट्र्रेन्डी देखिएको छ र यसको सबल निर्माण विशेषताले गर्दा नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा म विश्वस्त छु,’ उनले भने ।


जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकुस्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुने बताइएकाे छ । यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा ​​नेपाल ल्याइने छ । निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवलजस्ता प्रमुख सहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी सहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्टी टु गरी दुई मोटरसाइकलहरूको बुकगर्न र टेस्टराइड गर्न सक्नेछन् ।


क्लासिक लिजेन्डसका बारेमा


क्लासिक लेजेन्ड्स प्रालि एक भारतीय कम्पनी हो,  जुन बजारमा आइकनिक मर्की मोटरसाइकल ब्रान्ड पुनः प्रस्तुतिका लागि स्थापना गरिएको हो । क्लासिक लेजेन्ड्सको उद्देश्य भारतको पहिलो वास्तविक जीवनशैली कम्पनी बन्ने र उपभोक्ताहरूलाई मोटरसाइक्लिङ इकोसिस्टमसँगै रोमाञ्चक उत्पादन र सेवा प्रवाहबाट क्लासिक ब्रान्डहरुरूको सम्पदा पुनर्जीवित पार्ने अवसरहरू प्रदान गर्ने उद्देश्य रहेको छ ।


जावा चेक रिपब्लिक, पूर्व चेकोस्लाभियाको ब्रान्ड हो । ९० वर्षको विरासतका साथमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँगै इन्जिनियरिङ गरिएका, गैरविशिष्ट प्रकारका मोटरसाइकलहरू निर्यात गरी समृद्धिको उत्कर्षमा पुगेको छ । यो भारतीय बजारमा सन् १९६०को प्रारम्भतिरै प्रवेश गरेको हो । जावा मोटरसाइकलका दुई वटा पक्षहरू-यसको सुन्दर डिजाइन र सबल प्रदर्शनले यसले मन मात्र नभइ विश्वका थुप्रै ‘टाइटल’ पनि जितेको छ ।


क्लासिक लिजेन्ड्सले जावाको मौलिक डीएनए र गुण भएका उत्पादनहरू सुरूवात गर्नका लागि विश्वव्यापी विशेषज्ञताका साथै डिजाइन र ईन्जिनियरिङमा आफ्ना साझेदारी क्षमताको सर्वश्रेष्ठ उपयोग गरेको छ । नयाँ जावा र जावा फोटी टु सुरुवातका साथै कम्पनीले देशको क्लासिक मोटरसाइकल वर्गलाई पुनःपरिभाषासहित आधुनिक रेट्रो मोटरसाइकलहरू प्रस्तुत गर्दै आधुनिक प्रविधियुक्त तुल्याएको छ । यो ब्रान्डले त्यसपछि भारतको पहिलो प्याक गरेको छ । त्यसपछि ब्रान्ड भारतको पहिलो कारखानामा कस्टम बोबर-जावा पेराक ल्याएको छ ।

Looks like you’d love to take it for a spin